Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

हरेक योजनालाई प्राथामिकतामा राखेर काम गर्छु : मुख्यमन्त्री पाण्डे


1.3K
Shares

हरेक योजनालाई प्राथामिकतामा राखेर काम गर्छु : मुख्यमन्त्री पाण्डे

धनबहादुर तामाङ
गोरखा, ११ कत्तिक ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास निर्माणका हरेक योजनालाई प्राथामिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–४,स्थित चोरकाटे निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री पाण्डेलले पचास लाखमाथिका योजनालाई बहुबर्षे योजनामा राखी क्रमागत पूरा गर्ने बताउनुभयो । उहाँले सिरानचोक गाउँपालिका भित्रका सवै वडामा बाह्रै महिना यातायात सञ्चालन हुनसक्ने गरी सडक निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

निर्माण सम्पन्न भएको चोरकाटे बजार खानेपानी आयोजनाबाट खानेपानीको अभाव भोगिरहेका त्यस क्षेत्रका १ सय ४८ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । उक्त खानेपानी आयोजना गण्डकी प्रदेश सरकारमार्फत करिब एक करोड ७ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको आयोजनाका अध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology