Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मर्यादित भएर ब्यवस्थित रुपमा चाडपर्व मनाउन गोरखा प्रशासनको आग्रह


2K
Shares

मर्यादित भएर ब्यवस्थित रुपमा चाडपर्व मनाउन गोरखा प्रशासनको आग्रह

गोरखा, ११ कार्तिक ।  जिल्ला प्रशासन कार्यालय गोरखाले मर्यादिन भएर ब्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सूचना निकाले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक ठाउँमा होहल्ला तथा झैझगडा गर्ने, सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरीएको हो ।

बरालले जारी गरेको सूचनमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलापहरु बिहान ७ बजेदेखी राती ९ बजेसम्म गर्न भनेको छ ।

कानून विपरीतका जुवातास, लङ्गुरबुर्जा खेल्ने÷खेलाउने, भईचँम्पा, पटका, आतिसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न समेत सूचनामा भनिएको छ ।

शुक्रबार जारी गरेको सूचनामा अखाद्य रंग मिलाइएका मिठाई, झिलाङ्गे रोटी, जस्ता अस्वस्थ्य र गुणस्तरहीन खाद्य बस्नु बिक्री वितरण भन्दै म्याद गुज्रेका भाईमसाल, प्लास्टिक जन्य फूलमालाको प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।

त्यस बाहेक पनि चाडपर्वको मौका छोपी ब्यवसाय दर्ता नगरी फुटपाथमा ब्यापार ब्यवसाय नगर्न नगराउन समेत भनेको छ । यदी कानुनविपरित कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology