Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा श्रेष्ठलाई कुटपिट गर्ने तिनै जना युवा पक्राउ, अभद्र ब्यवहारमा मुद्वा दर्ता


1.3K
Shares

गोरखामा श्रेष्ठलाई कुटपिट गर्ने तिनै जना युवा पक्राउ, अभद्र ब्यवहारमा मुद्वा दर्ता

गोरखा, ७ कार्तिक । गोरखा सदरमुकाममा ब्यवसाय गर्दै आएका सुवासबावु श्रेष्ठ अर्थात सुन्दरलाई कुटपिट गर्ने तिनै जना युवाहरु पक्राउ परेका छन् । कार्तिक ४ गते राती आफ्नै घर आँगनमा बसीरहेका उनलाई नचिनेको युवाहरुको एक समूहले उनलाई निर्धात कुटपिट गरेका थिए ।

प्रहरीले सोही राती गोरखा नगरपालिका–७ का बर्ष २६ का मनिष गुरुङलाई पक्राउ गरेको थियो भने कार्तिक ५ गते अन्य २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार घटना भएको भोलीपल्ट घटनामा संलग्न भएको आरोपमा गोरखा नगरपालिका–५ का बर्ष २७ का अनिष ठकुरी र गोरखा नगरपालिका–६ का बर्ष २६ का सुब्बा गुरुङ पक्राउ परेका हुन् ।

पिडित ब्यवसायी श्रेष्ठले दिएको निवेदनका आधारमा उनीहरुलाई पक्राउ गरीएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । पक्राउ परेका तिनै जना बिरुद्व अभद्र ब्यवहार शिर्षकमा मुद्वा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

ति युवाहरुले कुटपिट गर्दा श्रेष्ठको बायाँ आँखा माथी गंभिर चोट लोगेको र शरिरको अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । श्रेष्ठमाथी ति युवाहरुले कार्तिक ४ गते आइतबार राती ८ः४५ बजेको समयमा आफ्नै घरको आँगनमा बसी रहेको बेला एक्कासी कुटपिट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology