Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बाह्रमुले बृहत भलिवल कप – २०८१ हुने


2.8K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बाह्रमुले बृहत भलिवल कप – २०८१ हुने

गोरखा, ६ कार्तिक ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा–३ मा बाह्रमुले यूवा क्लवको आयोजनामा हरिबोधिनि एकादशी मेला र पाँचौं बाह्रमुले बृहत भलिवल कप – २०८१ हुने भएको छ । क्लबले गोरखा जिल्ला भित्रको अन्तर क्लव स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गर्ने लागेको क्लबका अध्यक्ष रिजन बिश्वकर्मले जानकारी दिनुभयो ।

अग्रजको बिस्वासलाई सम्मान, कला संस्कृति जोगाउँदै पर्यटन प्रबर्दन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि कार्तिक २३ गते देखी २६ गते सम्म मेलाको आयोजना गरीएको क्लबका अध्यक्ष बिश्वकर्मले बताउनुभयो । प्रतियोगीतामा बिजेता पुरुष तर्फ प्रथम,द्धितिय र तिृतिय हुनेले क्रमश ः ३० हजार ३ सय ३३, २० हजार २ सय २२, १० हजार १ सय ११ रुपैया नगद सहित कप, मेडल साथमा प्रमाण–पत्र प्रदान गरीने उहाँले बताउनुभएको छ । त्यस्तै गरी महिला तर्फ प्रतियोगीता बिजेता प्रथम र द्धितिय हुनेले क्रमश ः ८ हजार र ५ हजार रुपैया नगद सहित कप, मेडल साथमा प्रमाण–पत्र प्रदान गरीने क्लबका अध्यक्ष बिकले जानकारी दिनुभयो । क्लबले उत्कृष्ट उदयमान खेलाडी,वेष्ट स्पाईक, वेष्ट लिव्रो र वेष्ट सेटरलाई ट्रफी मेडलका साथमा प्रमाण–पत्र प्रदान गरीने छ ।

क्लबले खेल प्रेमी खेलाडीहरुलाई यहि कार्तिक २२ गते सम्म टिम दर्ता गर्न समेत आग्रह गरेको छ । टिम दर्ता गर्नेको लागी पुरुष तर्फ ३ हजार र महिला तर्फ १५ सय लाग्ने क्लबले जाएको छ । टाढा टाढाबाट खेल्न आउने खेलाडी हरुलाई खानाको व्यबस्था गरेको पनि क्लबले जनाएको छ ।

हरेक बर्ष हरिबोधनी एकादशीको अबसरमा परापुर्ब कालदेखी नै बाह्रमुले मन्दिर परिषरमा मेलाको आयोजना गरीदै आइएको क्लबका अध्यक्ष बिश्वकर्मले भन्नुभयो, ‘मेलामा बाह्रमुले देबीसँग भाकल गर्ने, फुलको डोली तान्ने तोरण बान्ने, राती जागाराम बस्ने, बत्ती बाल्ने, पशुपंक्षीको बली दिने पुजा गर्ने लगायतको प्रचलन रहेको छ ।

त्यती गरेपछि आफ्नो मनोकाङ्छा पुरा हुने जनबिस्वार रहेको क्लबका अध्यक्ष बिक बताउनुहुन्छ । मेलामा छिमेकी जिल्ला चितवन र तनहुँ देखीका भक्त जनाहरु बलि चढाउन र मेला हेर्न आउने गर्दछन् ।

मेला हेर्न आउने ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गराउदै यहाँ पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘पालिका र जिल्लामा अत्याधिक पर्यटन भित्रात्याउन सकिन्छ । सोही जनबिस्वासलाई सम्मान गर्दे हरेक बर्ष बाह्रमुले युवा क्लबले बिभिन्न कार्यक्रम गर्दे आएको छ । मेलामा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology