Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका ब्यवसायी श्रेष्ठमाथी कुटपिट, १ जना पक्राउ, ३ जना फरार


1.3K
Shares

गोरखाका ब्यवसायी श्रेष्ठमाथी कुटपिट, १ जना पक्राउ, ३ जना फरार

गोरखा, ५ कार्तिक ।  गोरखा बजारमा ब्यवसाय गर्दै आएका १ जना ब्यवसायीलाई नचिनेको समूहले कुटपिट गरेका छन् । कुटपिटबाट गोरखा नगरपालिका–७ नयाँ बजार निवासी सुवासबावु श्रेष्ठ सुन्दर घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

आइतबार राती ८ः४५ बजेको समयमा घर बाहिर बसी रहेका श्रेष्ठलाई नचिनेको ४ जनाको समूहले एक्कासी हातपात गरेका थिए । घाईते श्रेष्ठको दाहिने आँखामा गंभिर चोट लाग्नुका साथै शरिरको विभिन्न भागमा चोट पटक देखिएको छ ।

कुटपिटमा संलग्न मध्ये १ जनालाई प्रहरीले हिजै राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ नयाँ बजार निवासी २६ बर्षका मनिष गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासु पाठकले जानकारी दिनुभयो । कुटपिटमा संलग्न अन्य ३ जनाको खोजी गरी रहेको पनि उहाँले बताउनुभयो ।

घाईते श्रेष्ठको गोरखा अस्पतालमा सामान्य उपचार पछी हिजै राती डिस्चार्ज गरीएको र थप उपचारको लागि चितवन लाने तयारी भई रहेको पारीवारीक स्रोतले जानकारी दिएको छ ।

नचिनेको युवाहरुको समूहले मादक पदार्थ सेवन गरेर आएको र आफु घर बाहिर स्थानिय संग गफ गरीरहेको अवस्थामा एक्कासी कुटपिट गरेको पिडित श्रेष्ठले बताउनुभयो । ‘म औषधी लिएर घर बाहिर साथी संग कुरा गर्दै थिए’ उहाँले भन्नुभयो ‘बाहिर बस्ने को हो भनेर थर्काए । मैले केही भन्न नपाउदै उनीहरु सबैले आक्रमण गरे ।’

आफुलाई कुटपिट गर्दा हारगुहार गर्दा श्रीमती र छोरीलाई समेत हातपात गर्ने प्रयास उक्त समूहले गरेका थिए । कुटपिटमा संलग्न कुनै पनि युवाहरुलाई आफुले पहिले नचिनेको पनि पिडीत श्रेष्ठले बताउनुभयो ।

पिडित ब्यापारीले बिगत लामो समयदेखी भाडावर्तनका साथै पेय पदार्थको ब्यवसाय गर्दै आउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology