Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

मानव अधिकार तथा शान्ति समाज गोरखाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन


2.4K
Shares

मानव अधिकार तथा शान्ति समाज गोरखाको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

गोरखा, ३ असोज । मानव अधिकार तथा शान्ति समाज गोरखाको अध्यक्षमा शरद श्रेष्ठ सर्व सम्मत रुपमा चयन भएका छन् । समाजको शुक्रबार भएको २४औं साधारण सभा तथा १३औं अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई सर्व सम्मत रुपमा चयन गरेको हो ।

सोही अधिवेशनबाट उप–सभापतीमा रुषबावु जोशी, सचिवमा रामचन्द्र पाण्डे, कोषाध्यक्षमा सुनिता कोइराला र सह–सचिवमा शाबित्री श्रेष्ठलाई समेत सर्व सम्मत रुपमा चयन गरेको शान्ति समाज गोरखाले जानकारी दिएको छ ।

जिल्ला कार्य समितिका सस्यहरुमा डा.बिरेन्द्र पुढासैनी, पार्वती अंम्गाई, पार्वती राना मगर, बावुराम श्रेष्ठ, बुद्वि खाती र तुला मायाँ घिमिरेलाई चयन गरेको छ ।

गोमा दवाडीको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा केन्द्रिय सदस्य विनोद अधिकारी, पूर्व केन्द्रिय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, केन्द्रिय सचिव सिताराम तिवारी, पूर्व केन्द्रिय सदस्य श्यामप्रसाद लामिछाने, पूर्व सभापती यदु अधिकारी, आजिवन सदस्य डा।बिरेन्द्र पुडासैनी र पृथ्वीनारायण साना शहरी खानेपानीका अध्यक्ष सिता खड्काले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा सचिव रामचन्द्र पाण्डेले प्रगती प्रतिवेदन र कोषाध्यक्ष सुनिता कोइरालाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदन समेत पारीत गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology