गोरखा, २ कार्तिक । गोरखाको मनकामना केबुलकार आज बिहानैदेखि नियमित सञ्चालनमा आएको छ । ३ दिन मर्मत सम्भारका लागि असोज २९ गतेदेखि बन्द रहेको केबुलबार नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
केबुलकारको लठ्ठा लामो भएपछी छोट्याउन असोज २९, ३० र कात्तिक १ गतेसम्म ३ दिन बन्द गरीएको प्रबन्धक शेरचनले बताउनुभयो । उहाँका अनुसार केबलकार कात्तिक २ गते बिहानदेखी नियमित सञ्चालनमा आए लगत्तै मनकामना दर्शनका लागी जाने भक्तजनहरुको लाम लागेको छ ।
प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।