Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको अजिरकोट गाउँपालिकाद्धारा पालिका भित्र प्लास्टिकका थालगिलासको प्रयोग नगर्न आग्रह


1.1K
Shares

गोरखाको अजिरकोट गाउँपालिकाद्धारा पालिका भित्र प्लास्टिकका थालगिलासको प्रयोग नगर्न आग्रह

गोरखा, १ कार्तिक । गोरखाको अजिरकोट गाउँपालिकाले पालिका भित्र प्लास्टिकका थालगिलासको प्रयोग नगर्न आग्रह गरेको छ । प्लास्टिकजन्य पदार्थले मानव जीवन तथा वातावरणलाईसमेत नकारात्मक असर पार्ने भएकाले पालिका भित्र त्यस्तासामग्री बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताउनुभयो ।

प्लास्टिकका थालगिलास बिस्थापित गर्न गाउँपालिकाले बिभिन्न समुहमार्फत दुनाटपरी बनाउने तालिम दिएर दुनाटपरी उत्पादन गर्न सुरु गरेको छ । त्यस्तै स्थानीय उत्पादनले अपुग भएमा दुनाटपरीका अभाव हुननदिन अन्य गाउँपालिकासंगसमेत दुनाटपरी आयातकालागि सम्झौता गरेको छ ।

प्लास्टिकजन्य बस्तुको प्रयोगले स्थानीय वनमा उत्पादन हुने साल तथा अन्य बोटविरुवाका पात उत्पादित दुनाटपरी पनि बिस्थापित हुने अवस्था आउछ, उहाँले भन्नुभयो, ‘‘प्लास्टिकका भाँडाको प्रयोग व्यापक रुपमा हुने गरेकाले त्यस्ता बस्तुको आयात र बिक्री वितरण रोकी स्थानीय उत्पादनलाई बढावा यस्तो आग्रह गरिएको हो ।

अध्यक्ष देवकोटाले पालिका भित्र सालका पात तथा अन्य बोटविरुवाको पातबाट उत्पादित दुनाटपरीको अभाव हुन नदिने बताउनुभयो । ‘‘स्थानीय उत्पादनले नपुगेको खण्डमा छिमेकी पालुङटार नगरपालिकासंग टुनाटपरी आयात गर्नेसम्बन्धी गरिसकिएको छ, उहाँले भन्नुभयो, ‘‘पन्ध्रदिन भित्रमा भाडाको बिक्री वितरण रोक्न र उपभोक्ताले समेत सोको प्रयोग नगर्न नगराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology