Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका श्रेष्ठ प्रहरी प्रधान कार्यालयद्वारा सम्मानीत


2K
Shares

गोरखाका श्रेष्ठ प्रहरी प्रधान कार्यालयद्वारा सम्मानीत

गोरखा, १ कार्तिक । गोरखा सदरमुकामका १ जना युवालाई नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले सम्मान गरेको छ । अपराध अनुसन्धानमा सहयोग गरेको भन्दै गोरखा नगरपालिका–७ का कृण्ण श्रेष्ठलाई प्रधान कार्यालयले सम्मान गरेको हो ।

श्रेष्ठलाई ६९औं प्रहरी दिवस २०८१ को अवशरमा जिल्ला प्रहरी कार्यालय गोरखामा भएको कार्यक्रममा प्रधान कार्यालय मार्फत प्राप्त भएको प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासु पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले हस्ताक्षर गरेको प्रशंसा पत्र जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधान गरीएको थियो ।

श्रेष्ठले प्राप्त गरेको प्रधान कार्यालयको प्रशंसा पत्रमा नेपाल प्रहरी सङ्ठनको सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने हेतु शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणको लागि आवश्यक महत्वपूर्ण सूचनाहरु प्रदान गरेबापत कदर स्वरुप प्रशंसा पत्र प्रदान गरीएको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक पाठकका अनुसार श्रेष्ठले गोरखा सदरमुकाममा भएको अपराध अनुसन्धानमा महत्वपूर्ण सूचना दिएर अनुसन्धान प्रकृयामा सहयोग गरेकोले जिल्ला प्रहरी कार्यालय गोरखाको अनुरोध र गण्डकी प्रदेश प्रहरी कार्यालयको आग्रहमा श्रेष्ठलाई प्रधान कार्यालयले सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology