Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

६९औं प्रहरी दिवस : गोरखा प्रहरी ४ बिधामा उत्कृष्ट घोषित हुदै सम्मानित


1.8K
Shares

६९औं प्रहरी दिवस : गोरखा प्रहरी ४ बिधामा उत्कृष्ट घोषित हुदै सम्मानित

गोरखा, १ कार्तिक। जिल्ला प्रहरी कार्यालय गोरखा गण्डकी प्रदेशमा प्रथम र देशैभर दोस्रो हुन सफल भएको छ । कार्यालयले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा नागरिकको अमन चयन कायम गर्ने सन्दर्भमा उत्कृष्ट भएको हो ।

हिजो परेको ६९औं प्रहरी दिवसको अवशरमा गोरखा प्रहरीलाई उत्कृष्ट घोषणा गरेर सम्मान पाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासु पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयबाट हुने प्रहरी ब्याटन निरिक्षणको लागि छनौ६ भएकोमा असोज ६ गते प्रहरी अतिरिक्त महानिरिक्षक सुदिप गिरीको समूहले जिल्ला प्रहरी कार्यालय गोरखाको समग्र पक्षहरुको निरिक्षण तथा मूल्यांकन गरेका थिए ।

निरिक्षण र मूल्यांकन लगत्तै नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन मापदण्ड, २०८१ मा ब्यवस्था भए बमोजिम १०० भन्दा धेरै मानकहरु मध्ये अपराध अनुसन्धानमा उत्कृष्ट अभिलेख ब्यवस्थापन तथा नविनतम कार्य तर्फ देशकै उत्कृष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र तर्फ उत्कृष्ट, प्रहरी सञ्चार ब्यवस्थापन तर्फ उत्कृष्ट र ब्यत्तिगत तर्फ कार्यलय सञ्चालन विधामा जिल्ला प्रहरी कार्यालय गोरखाका हवल्दार मेजर प्रहरी वरिष्ट हवल्दार रमेशबहादुर थनेत उत्कृष्ट हुन सफल भएको छ ।

नेपाल प्रहरीको बार्षिक रुपमा गरिने नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन नेपाल प्रहरीको सबैभन्दा प्रतिष्ठीत अवार्ड हो । गोरखा प्रहरीको स्थापना कालदेखी नै हालसम्म पाएको यो सबैभन्दा ठुलो अवार्ड भएको पनि प्रहरी उपरिक्षक पाठकको भनाईृ छ । उहाँले अवार्डले जिल्ला प्रहरी कार्यालय मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोबल थप उच्च रहेको भन्दै यसले जिल्ला बासी नागरिकहरुको सेवामा अझ लगनशिल र कर्तब्यनिष्ठ भई कार्य गर्न थप प्रेरणा मिलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology