गोरखा, २९ गोरखा । मनकामना केबलकार आजदेखि ३ दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि आजदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म ३ दिन बन्द गर्न लागिएको प्रबन्धक शेरचनले बताउनुभयो ।
उहाँका अनुसार केबलकार कात्तिक २ गते बिहानदेखी नियमित सञ्चालनमा आउनेछ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।