Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने  झोलुङे पुल मर्मतपछि सञ्चालन


2K
Shares

सहिद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने  झोलुङे पुल मर्मतपछि सञ्चालन

गोरखा, २५ असोज । त्रिशुली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३,सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका –४, चेरेस जोड्ने त्रिशुली नदी माथिको झोलुङे पुल झण्डै दुईसातापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो ।

चाडबाडका बेला स्थानीयबासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुङे पुल मर्मतका लागि आवश्यक सवै सामग्री खरिद गरेर मर्मत गरेको उहाँले बताउनुभयो । ‘‘सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो ।’’ अध्यक्ष थापामगरले भन्नुभयो ।

स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसंगै मानिसहरुलाई पुलबाट आउजाउ सहज भएको उहाँको भनाई छ । ‘‘बाढीले पुलको लठ्ठामा क्षति पु¥याएको थियो, उहाँले भन्नुभयो,‘‘टाइफर मेसिको प्रयोग गरेर पुलको लठ्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्ने गरी पुल सञ्चालन गरिएको छ।’’

कुल १ सय ६१ मिटर लम्बाई रहेको उक्त झोलुङे पुल यहीँ असोज ११ गते त्रिशुली नदीमा आएको बाढीले क्षति पु¥याएको थियो । मर्मत गरिएको पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology