Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मनकामना केबलकार भोली र पर्सी बन्द हुने


1.1K
Shares

मनकामना केबलकार भोली र पर्सी बन्द हुने

गोरखा, २५ असोज । नेपालकै पहिलो केबुलकार भोली र पर्सी बन्द हुने भएको छ । नेपालीहरुको महान पर्व वडादशैंको अवशरमा टिका र भोली पल्ट केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

दशैंमा सबै कर्मचारीहरुलाई बिदा हुने भएको हुदा २ दिन केबुलकार बन्द गर्न लागिएको उहाँले बताउनुभयो । २ दिन बन्द रहने केबुलकार २८ गते सोमबार १ दिन सञ्चालनमा आएर पुनः ३ दिनको लागी बन्द हुने छ ।

द्धदशीमा १ दिन सञ्चालनमा आए पछी ३ दिन केबुलकार मर्मतको लागि बन्द गर्न लागिएको हो । एनालग प्रविधिबाट हालै मात्र डिजिटल प्रणालीमा आएको केबुलकारको नयाँ लठ्ठा झोलिएका कारण ३ दिन बन्द गरेर तन्काउने काम गर्न लागिएको प्रबन्धक शेरचनले बताउनुभयो ।

२९ गतेदेखी पुनस् बन्द हुने केबुलकार कार्तिक २ गते बिहानैदेखी सञ्चालनमा आउने केबुकार प्रशासनले जानकारी दिएको छ ।

चितवनको चेरेशबाट गोरखाको सहिद लखन गाउँपालिकास्थित नेपालकै पवित्र प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि नियमीत सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology