Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो


1.1K
Shares

गोरखाबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा २४ असोज । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । वडादसैँ अन्र्तगत फूलपातीका दिन आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले बिधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बा २ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर गोरखा दरबारबाट फूलपाती पठाइएको उहाँले बताउनुभयो । गोरखाका दरबारको दसैँघरबाट दरबारका सुसारेहरुले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन् ।

बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती बिदाइ गरिएको मूलपुजारी भट्टराईले बताउनुभयो । गोरखाबाट पठाइएको फूलपाती काठमाडौँस्थित हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्ष बढाइँकासाथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन रहेको छ ।

तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमान ढोका दरबारमा राजकाज सुरु गरेदेखि नै बर्षेनी बडादसैँको सातौ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोकामा दरबारमा लगेर भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतले दरबारको फूलपाती विदाइ गरेर हुनमान ढोका दरबार पठाएका हुन् । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology