गोरखा,२४ असोज । गोरखामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । मृत्यु हुनेमा पालुङटार न.पा. वडा नं.७ बस्ने बर्ष २८ की रश्मी कुमाल भएको जिल्ला प्रहरी कार्यलया गोरखाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सरोज काकीले जनाकारी दिनुभयो ।
उहाँका अनुसार कुमाललाई आफ्नै घर भित्र अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाईत हुनुभएर्को बनाएको थियो । निजलाई तत्काल उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे तनहुँ लगी उक्त अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि दमौली अस्पताल तनहुँ लगेकोमा उपचारको क्रममा आज दिउँसो ०२ः०० बजेको कुमालको मृत्यु भएका सुचना अधिकारी सरोज काकीले बताउनुभएको छ ।
उक्त घटना घटाउने शंकित व्यक्तिको खोजतलास कार्यमा समेत थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलया गोरखाका प्रहरी गोखाले जनाएको छ ।