Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा पोथी चितुवा मृतावस्थामा फेला


875
Shares

गोरखामा पोथी चितुवा मृतावस्थामा फेला

गोरखा, २२ असोज ः गोरखाको गण्डकी गाउँपालिका–२, स्थित आमडाँडा सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला परेको छ । मृत फेला परेको चितुवा वयस्क पोथी चितुवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो ।

‘‘झट्ट हेर्दा वयस्कजस्तो देखिने मृत चितुवा सामुदायिक वनमा फेला परेको हो, उहाँले भन्नुभयो, मृत भेटिएको चितुवाको मुखमा कमिला लागि सकेकाले केहीदिन अघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।’’

प्रमुख शालिण्यका अनुसार घटनास्थलको प्रकृति हेर्दा भाले चितुवासँग एकआपसमा जुँधेर पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । सामुदायिक वनका हेरालुले सोमबार चितुवा मरेको अवस्थामा फेला परेको जानकारी दिएपछि वन कार्यालयको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरेको उहाँले बताउनुभयो ।

यसअघि गएको भदौ १९ गते गोरखा नगरपालिका–१० बिरेन्चोक नजिकै खोल्सीमा एक वयस्क पोथी चितुवा मृत फेला परेको थियो । करिब एक महिनाको अवधीमा जिल्लामा दुईवटा वयस्क मृत चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology