Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा क्रेनले च्यापेर १ पुरुषको मृत्यु


3.8K
Shares

गोरखामा क्रेनले च्यापेर १ पुरुषको मृत्यु

गोरखा,२० असोज । गोरखा सदरमुकामको हुच्चे फाँटमा क्रेनले च्यापेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१९ का १९ बर्षिय प्रिन्स अन्सारी भएको पुष्टी भएको छ ।

गोरखा नगरपालिका–१० को हुल्चे फाँटमा निर्माणाधिन अविनाश अर्वा एकर ह्याचरी भित्र बा २ क ४९८६ नम्बरको क्रेनले च्याप्दा अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो । दिउसो १२ः३० बजे भएको उक्त घटना लगत्तै अहिले प्रहरीको टोली घटना स्थलमा पुगेको मृतकको निकालेर पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको छ ।

ह्याचरी भित्रै एक स्थानबाट अर्को स्थानमा क्रेन लाने क्रममा ब्रेक फेल हुदा अन्सारी च्यापिन गएर ज्यान गएको ह्याचरीले जानकारी दिएको छ । ज्यान गुमाउने अन्सारी हुलास कम्पनीबाट ह्याचरी निर्माणका लागि आएको बुझीएको छ ।

क्रेनका चालक पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका–३० का २४ बर्षिय अजहर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology