Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु


8.8K
Shares

गोरखामा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु

गोरखा, १७ असोज । गोरखामा मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका वडा नं.२ तान्द्राङ बस्ने घर भएका बर्ष ३४ बर्षका टिकाराम लामिछानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरिक्ष तथा सुचना अधिकारी ध्रब प्रशाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा नगरपालिका वडा नं.९ ठिगुरेस्वाँरा स्थित आँबुखैरेनी सडकखण्डमा गोरखाबजार देखि आँबुखैरेनी तर्फ जाँदै गरेको अबस्थामा बा. ४२ प. ७९८३ नं.को मोटरसाईकल अनियन्त्रित भई सडकखण्डको छेउमा रहेको डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा निज मोटरसाईकल चालक सख्त घाईते हुनुभएको थियो ।

उहाँलार्ई तत्काल उद्धार गरी उपचारको लागि गोरखा अस्पताल गोरखामा लगेकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरिक्ष तथा सुचना अधिकारी शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology