Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्र गोरखाद्धारा बाढी र पहिरोले पु¥याएको जनधनको क्षति प्रति दुःख व्यक्त


1.3K
Shares

माओवादी केन्द्र गोरखाद्धारा बाढी र पहिरोले पु¥याएको जनधनको क्षति प्रति दुःख व्यक्त

गोरखा, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले केहीदिन अघिको बाढी पहिरोमा परेर गोरखासहित देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढी र पहिरोमा परेर धादिङको झ्याप्लेखोलामा बाढीले गोरखाबाट काठमाण्डौँ जाँदै गरेको बसमा सवार ५ जनाको दुःखद् निधन हुनुकासाथै जिल्लाभर भएको अन्य भौतिक क्षति प्रति दुःख व्यक्त गरेको हो ।

उक्त विपद्मा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली सहित पार्टीले समवेदना व्यक्त गरेको छ । त्यस्तै सहिद लखन गाउँपालिकास्थित सुगौरा खोलाले बगाउदा एकजनाको मुत्यृु भएको घटनाले पार्टीलाई स्तव्ध बनाएको उल्लेख गर्दै शोकसन्तव्द परिवारजनमा समवेदना व्यक्त गरेको हो ।

साथै प्राकृतिक विपद्बाट चुमनुब्री गाउँपालिकामा ४ वटा घर, सहिद लखन गाउँपालिकाको ठेउवाटार र धारापनी जोड्ने झोलुङे पुल, मनकामना सिलिङटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङे पुल, गण्डकी गाउँपालिका–६ हिक्लुङ जोड्ने र पृथ्वीराजमार्ग जोड्ने झोलुङे पुल तथा गण्डकी गाउँपालिका–७ र चरौँदी जोड्ने धवादीघाटको झोलुङे पुललगायतको भौतिक संरचनाको क्षति भएको उल्लेख गर्दै छिटोभन्दा छिटो पुनःनिर्माण गर्न सरकारसंग माग गरेको छ ।

यस्ता क्षतिले जनताको दैनिक जीवनमा प्रत्यक्ष समस्या पारेकाले क्षति पुगेका पुललगायतका संरचना तत्काल पुर्ननिर्माण गर्नुपर्नेमा पार्टीले जनाएको छ । त्यस्तै प्राकृतिक विपदमा परेकाहरुको उद्दारमा सहयोग गर्न पार्टीका सवै तहका नेता कार्यकर्ता एवं आम जनसमुदायलाई पार्टीले अपिलसमेत गरेको छ ।

यहीँ असोज १०, ११ र १२ गते परेको अविरल बर्षापछि गएको बाढी र पहिरोमा परेर गोरखा जिल्लाका भित्रका ५ जनाले ज्यान गुमाएका छन् भने थुप्रै भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology