Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

झ्याप्लेखोलाको पहिरोमा परेको गोरखाको बसमा सवार ५ जनाको शव फेला


4.2K
Shares

झ्याप्लेखोलाको पहिरोमा परेको गोरखाको बसमा सवार ५ जनाको शव फेला

गोरखा, १३ असोज ः झ्याप्लेखोलाको पहिरोमा पुरिएको गोरखाको बसमा सवार ५ जनाको शव फेला परेको छ । शुक्रबार विहान गोरखाको लापुबेँसीबाट काठमाण्डौँका लागि छुटेको दरौँदी यातायात प्रा.लिको ना ४ ख २२७० नम्बरको बसमा पहिरोमा पुरिएको अवस्था चालक मदन परियारलगायतको शव भेटिएको प्रा.लि सञ्चालक समितिका सदस्य गणेश बाँनियाले जानकारी दिनुभयो ।

बसमा पुरिएको अवस्थामा बसका सहचालक गण्डकी गाउँपालिका दर्वुङका नवराज तिवारी, भीमसेन थापा गाउँपालिका–४ धावा घर भएका बसका चालक मदन परियार र सोही ठाउँमा विनय भट्टराई, धार्चे गाउँपालिका–७ खानीगाउँ घर भएका चुकबहादुर गुरुङ र अर्का एक व्यक्तिको शव फेला परेको उहाँले बताउनुभयो ।

पहिचान खुल्न नसकेका व्यक्ति मुग्लिनबाट चढेको खुल्न आएको बाँनियाले बताउनुभयो । बस पहिरोले पुरिएर क्षतविछेच्द अवस्थामा भेटिएको हो । मृतक सवैको शव अहिले काठमाण्डौँको शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology