गोरखा, १३ असोज ः गोरखाको लापुबेसीबाट संघीय राजधानी काठमाण्डौँका लागि छुटेको यात्रुवाहक बस तीन दिनदेखि सम्र्पक विहिन भएको छ । शुक्रबार विहान ७ बजे उत्तरी गोरखाको लापुबेँसीबाट काठमाण्डौँका लागि छुटेको दरौँदी यातायात प्रा.लिको ना ४ ख २२७० नम्बरको बस सोही राती १० बजेदेखि सम्र्पक विहिन भएको प्रा.लिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।
‘‘चालकसंग राती १० बजेसम्र्पक गर्दा हामी नागढुङ्गाको उकालो जाँदैछौ भनेका थिए, उहाँले भन्नुभयो, ‘‘त्यसपछि अहिलेसम्म बस र चालक नै सम्र्पकमा आएको छैन ।’’ बसमा कति यात्रु थिए र उनीहरुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म जानकारी समेत नभएको अध्यक्ष खत्रीले बताउनुभयो ।
बसका सवारी चालक मदन परियार रहेको उहाँको भनाई छ । बस झ्याप्ले खोलाको पहिरोमा परेको अनुमान गरिएको छ । बस वेपत्ता भएको जानकारी आएलगत्तै खोजी तिव्र पारिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
‘‘बसको खोजीका लागि माथिल्लो सुरक्षा निकायलाई समेत जानकारी गराएर खोजी कार्य तिव्र पारिएको छ, उहाँले भन्नुभयो ‘‘खानीखोलाको उकालोसम्म सम्र्पकमा रहेको र झ्याप्ले खोला वरपरबाट हराएको बुझिएकाले खोजीका लागि धादिङ र काठमाण्डौको सुरक्षा निकायसंगपनि समन्वय भइरहेको छ ।