Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अबरुद्ध


2.6K
Shares

पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अबरुद्ध

गोरखा, १२ असोज ः गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । उक्त सडकखण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिका वडा नम्बर १२ स्थित सातकिलो ठाउँमा माथिबाट खसेको ठूलो पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी साहायक निरिक्षक बसन्त पौडेलले जानकारी दिनुभयो ।

आज विहान सडकमाथिबाट सुख्खा पहिरो खसेको उहाँको भनाई छ । ‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अबरुद्ध भएको हो, पौडेलले भन्नुभयो, ‘‘अबरुद्ध सडक खुलाउन सडक बिभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छाउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुईतर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । पहिरोले सडक अबरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सवै सवारी साधनहरु विचमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology