गोरखा, ८ असोज । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरुलाई कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ आयात कार्यमा रोक लगाउन अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
व्यवसायीक स्थलमा सबैले देख्ने गरी व्यवसायीक दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न पालिकाले आग्रह गरेको छ । अजिरकोट गाउँपालिकाभित्र संचालनमा रहेका व्यापार व्यवसायीहरुले हाल सम्म विक्री वितरण गरिरहेका अन्यत्रबाट आयातित् कमसल ब्राण्डका मदिराजन्य पदार्थ ( स्याउ, बटारे) हरुको प्रयोगबाट जनस्वस्थ्यमा नकरात्मक असर पर्ने हुँदा यस्तो कमसलको सामान बिक्रि बितरण नगर्ने गाउँपालिकाले आग्रह गरेको हो ।
०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रममा “घर उद्योग“ नामाङ्कन दिइ कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै अजिरकोट भित्र उत्पादन भएको कोदोको रक्सी मात्र प्रयोग गर्ने उद्देश्यले आयातित् कमसल ब्राण्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरु आयात गर्न रोक लगाउने निर्णय भएकोले गाउँपालिकाले जनाएको छ ।
पालिकाले लिएको यस्तो नीति कार्यान्वयनमा सहयोग गर्नको लागि आ–आफ्नो व्यापारिक स्थानहरुमा रहेका बाहिरबाट आयातित् कमसल ब्राण्डका रक्सिजन्य पदार्थ आजका मितिले १५ दिन भित्र खाली गरी सक्नुहुन तथा सो पश्चात त्यस्ता खालका पदार्थ आयात नगर्न नगराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । पालिकाले निकालेको सुचनामा उल्लेख गरीएको छ ।