Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा आजदेखी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण सु्रु


2.1K
Shares

गोरखामा आजदेखी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण सु्रु

गोरखा, ४ असोज । गोरखा सदरमुकामा आजदेखी गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुदै छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण हुन लागेको हो ।

कार्यक्रमकामा गण्डकी प्रेदशभरीका ८५ स्थानिय तहका न्यायिक समितिका पदाधिकारीहरु तथा न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारी तथा प्रशिक्षकहरु सहभागि हुने छन् ।

भोलीसम्म चल्ने भेलाले पहिलो पटक न्यायिक मञ्चको समेत गठन हुने छ । यो मञ्च गठन भएको खण्डमा देशैभर मध्ये गण्डकी प्रदेश पहिलो हुने गोरखा नगरपालिकाकी उममेयर मसली मायाँ थोकर पुनले जानकारी दिनुभयो ।

न्यायिक नेतृत्वको विकास गराउने र न्यायिक अभ्यासलाई संस्थागत गराउने, मेलपिलापको माध्यामबाट विवाद समाधान गर्ने प्रक्रियालाई प्रोत्साहित गरी सामाजिक सौहाद्रतार सद्भाव कायम राख्ने उद्वेश्यले पनि पहिलो पटक गोरखामा भेलाको आयोजना उहाँले बताउनुभयो ।

त्यसका साथै स्थानिय स्तरमा विवाद समाधान गर्ने परम्पराग संस्कृतिको विकास गर्ने, न्यायिक अधिकारको प्रयोगमा समावेशिताको मान्यतालाई मजबुद गर्न स्थानिय सकारको मूल्य र मान्यतालाई ब्यवहारमा उतारी संघीय शासन प्रणाली प्रति समुदायमा अपनत्वको भावना विकास गराउने उद्वेश्यले भेला र प्रशिक्षणको आयोजना गरीएको उपमेयर पुनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका कानून विद, संविधान विद् लगायतबाट नेपालको संविधानको कार्यान्वयन, चुनौती र अवसर, न्यायिक समितिका सवालहरु, मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशबाट निर्मित न्यायिक कार्यविधीको मस्यौदा, न्याय सम्पादनमा चुनौती, जटिलता, अवसर लगायतका बिषयमा कार्यपत्र प्रस्तुत, छलफल र अन्तक्रिया हुने छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार साँझ नै गोरखा सदरमुकाम आइपुगेका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य, नगरपालिका संघ, गाउँपालिका महासंघका अध्यक्षहरुको उपस्थिती रहने पनि आयोजक गोरखा नगरपालिका, न्यायिक समितिले जानकारी दिएको छ । कार्यक्रमले यसै बर्ष गोरखा नगरपालिकाले आयोजना गरेको भ्रमण बर्षलाई समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

कार्यक्रममा सम्पन्न गर्न १६ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ । अनुमानित खर्च मध्ये १० लाख ४३ हजार गोरखा नगरपालिका, ४ लाख मुख्या न्याधिबक्ताको कार्यालय पोखरा र २ लाख मुख्य मन्त्रीको कार्यालय पोखराबाट प्राप्त हुने पत्रकार सम्मेलनमा उपमेयर पुनःले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology