Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो


1.4K
Shares

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले मोदीसँगको भेटमा आफूले नेपाल भ्रमणका लागि आग्रह गरेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जवाफ दिएको उहाँले जानकारी दिनुभयो ।

‘उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ । जी सेभेनको बैठक भएकाले उता गएर मात्रै नपाल आउन सक्छु भन्नुभएको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।
प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए । नयाँ दिल्लीमा रहँदामा प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँगै भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, निजी क्षेत्रका प्रतिनिधिहरु लगायतसँग समेत भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology