Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने, घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह


1.7K
Shares

प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने, घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाण्डौ, २६ माघ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आउँदो फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

तीन दिनसम्म प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चारगृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्करस्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्ने, विभिन्न ठाउँमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउने र बेलुकी सार्वजनिक ठाउँ र घरघरमा दीप प्रज्वलन गरिनेछ ।

यस्तै, सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम, शैक्षिक तथा खेलकुद सामग्री वितरण, सैनिक मञ्च, टुँडीखेलमा बिहान सूर्योदयसँगै बिगुल फुक्ने तथा तोप र बन्दुकको बढाइँ गर्ने लगायतका कार्यक्रम गर्ने तय भएको छ ।

बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै पालिकामा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशवासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology