काठमाडौँ, १६ माघ । नेपालमा सहिदको संख्या साढे १४ हजार माथि रहेको सरकारले जनाएको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ ।
अब ३ हजार २ सय ६१ सहिदको नाम राजपत्रमा प्रकाशन गर्न बाँकी रहेको र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालखबर