Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाको म्याद ८५ साल असार मसान्तसम्म थपियो


1.5K
Shares

मनास्लु संरक्षण क्षेत्र आयोजना गोरखाको म्याद ८५ साल असार मसान्तसम्म थपियो

गोरखा, २५ पुस । गोरखा जिल्लामा कार्यरत मनास्लु संरक्षण क्षेत्र एमक्याप आयोजनाको म्याद थप भएको छ । नेपाल सरकार मन्त्री परिषदको पौष ५ गते बसेको बैठकले एमक्यापको म्याद ०८५ साल असार मसान्तसम्म थप्ने निर्णय गरेको हो ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कार्य क्षेत्र रहेको एमक्यापले उक्त क्षेत्रको संरक्षण र ब्यवस्थापनको काम हेर्दै आएको छ । ०७७ साल आसार १३ गतेदेखी म्याद सकिएको कार्यालयलको ढिला गरी सरकारले म्याद थपिदिएको हो । म्याद थप नहुदा कार्यालयका कर्मचारीहरुले नियमीत काम बाहेकका अन्य कामहरु केही गर्न पाएका थिएनन् ।

अब भने संरक्षण र ब्यवस्थापनका लागि कार्ययोजना बनाएर काम थाल्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । ‘लामो अन्यौलता पछि सरकारले म्याद थपेको छ’, उहाँले भन्नुभयो ‘म्याद थप संगै अब केही समय भित्रै संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन भएको छ ।’

संरक्षण क्षेत्रको ब्यवस्थापन योजना र संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ संशोधन गरी पठाउन निर्देशन पनि अबको ४ महिना भित्रै पठाइसक्न पत्र आएको भन्दै प्रमुख शेरचनले कार्यायले योजना र नियमावली तथा निर्देशिका संशोधन प्रस्ताव तयारीको काम भई रहेको बताउनुभयो ।

त्यस क्षेत्रको प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचारप्रसार गर्दै आएको एमक्यापले पर्यटकलाई भ्रमण अनुमति दिने, राजस्व संकलन गर्ने, जडीबुटी विक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरु गर्दै आएको छ ।

२०५५ सालमा स्थापना भएको आयोजनाले उत्तरी गोरखाको कुल १ हजार ६६३ वर्ग किमि क्षेत्र ओगटेको छ । यो संरक्षण क्षेत्र उत्तरमा मित्रराष्ट्र चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ ।

यो क्षेत्र ईस १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो । पहिले पहिले गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्थ्यो । हिजो आज यो क्षेत्रको सिमामा सडक सञ्जाल पुगिसकेको कारण आधा समयमा नै यो क्षेत्रको भ्रमण सहजै गर्न सकिन्छ ।

यस क्षेत्रको उँचाइ समुन्द्र सहतदेखी ६०० मिटरदेखि संसारको आठौं अग्लो चुचुरो ८ हजार १६३ मिटरको मनास्लुसम्म फैलिएको छ । यही क्षेत्रमा लार्के भञ्ज्याङ ५ हजार १०६ मिटर नाघेर मनाङ प्रवेश गर्न सकिन्छ । यो क्षेत्रमा विश्वकै पबित्र श्रृंगी हिमाल, कल्छुमन ताल, बिरेन्द्र ताल, मु गुम्बा तथा राजेन गुम्बा पर्दछ ।

अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा नुब्रीपा र चुम्पा जातिहरूको बस्ती रहेको छ । करिब ९ हजार जति जनसंख्या रहेको त्यो क्षेत्रका अधिकासं समुदायले बौद्विष्ट धर्म मान्ने गर्दछन् । उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ ।

हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन । यस संरक्षण क्षेत्रमा करिब २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तै– हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रकारका चराहरू र ३ प्रकारका सर्पजातिहरू एवं २०० भन्दा बढी हिमाली वनस्पतिहरू पाइन्छन् ।

साविकको ७ वटा गाविस सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाँउ मिलाएर अहिले ७ वटा वडा रहेको आयोजनाको कार्य क्षेत्र बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology