Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज कार्तिक शुल्क पूर्णिमा, गोरखा बजारको ठुलो आँगनमा विशेषपूजा सहित मकै सुकाउदै


2.5K
Shares

आज कार्तिक शुल्क पूर्णिमा, गोरखा बजारको ठुलो आँगनमा विशेषपूजा सहित मकै सुकाउदै

गोरखा, ११ मंसिर । कार्तिक शुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । पञ्चाङ्गमा सोमबार १९ घडी ३० पला अर्थात् दिउँसो २ बजेर २३ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ ।

यसै अवशरमा गोरखा सदरमुकामको ठुलो आँगनमा आज विशेष पूजाआजाको कार्यक्रम राखिएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समितिले सत्यनारायण पूजा तथा मकै सामुहिक मकै सुकाउने पर्वको आयोजना गरिएको अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । आज दिउसो २ः०० बजेबाट सामूहिक रुपमा सत्यानारायणको पूजा हुने छ भने दिउसो ४ः०० बजेदेखी सामुहिक रुपमा मकै सुकाउने काम हुने छ उहाँले बताउनुभयो ।

पूजा गरिएको सत्यनारायणको प्रसाद र मकै उपस्थित सबैलाई वितरण गरिने छ । पूजा र मकै सुकाउने पर्वका लागि सदरमुकाम वरपरका महिला समूह समायोजन गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आजै उक्त कार्यक्रममा गोरखा बजारको होटलहरुमा बस्न आएका आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।

चतुर्मास पूरा हुने दिनको रूपमा यसको महत्त्व छ । वैष्णव परम्पराअनुसार आषाढ शुक्ल एकादशीमा शुरु भएको चतुर्मास यसै दिन सम्पन्न हुन्छ । कार्तिक कृष्णपक्षमा शुरु भएको कार्तिकस्नान पनि यसै दिन समापन हुन्छ । कार्तिक शुक्ल एकादशीमा लागेको भीष्मपञ्चक पनि यही पूर्णिमामै पूरा हुन्छ ।

भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ । त्यसैले यो दिनलाई त्रिपुरी पूर्णिमा पनि भनिन्छ । यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पूजा गर्ने विधान छ । शिवा, संभूति, संतति, प्रीति, अनुसूया र क्षमा नामका कृतिकाको पूजा गर्ने विधान पनि पुराणमा उल्लेख गरिएको छ ।

आजै काठमाडौं उपत्यकामा लागेको चार नारायणको मेला पनि पूरा हुँदैछ । यो पूर्णिमा लाई नेपाल भाषामा ‘सकिमन पून्हि’ भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology