Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको संख्या बढ्यो


2.8K
Shares

गोरखाको मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको संख्या बढ्यो

गोरखा, १९ कात्तिक :  गोरखाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा चिनिने मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु संरक्षण क्षेत्रमा यसबर्षको अक्टोवरसम्ममा ७ हजार ८ सय ६२ जना बिदेशी पर्यटकहरुले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरिसकेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

यसबर्षको अक्टोवर महिनासम्ममा नै मनास्लु क्षेत्रमा अघिल्लो बर्षभन्दा बढी पर्यटक भ्रमणका लागि पुगिसकेको उहाँले बताउनुभयो । ‘‘सन २०२२ मा एक बर्षमा ६ हजार १ सय २ जना पर्यटक मनास्लु क्षेत्रमा पुगेका थिए, उहाँले भन्नुभयो, ‘‘यो बर्ष सकिन अझै दुई महिना बाँकी छदैँमा मनास्लु घुम्न ७ हजार ८ सयभन्दा बढी पर्यटक पुगीसकेका छन् ।’’

मनास्लु क्षेत्र घुम्न जानेहरुमा यसबर्ष सार्क राष्ट्रका एकसय ७८ जना, रहेका छन् भने त्यस वाहेकका अन्य देशका ७ हजार ६ सय ८४ जना रहेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र पुग्ने पर्यटकहरुमा ४ हजार ५१९ जना पुरुष र ३ हजार ३३८ जना महिला पर्यटक रहेका छन् । कोराना संक्रमणका कारण सुस्ताउदै गएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको कार्यालय प्रमुख शेरचनको भनाई छ ।

कार्यालयको तथ्याङक अनुसार मनास्लु क्षेत्रमा सन् २०२१ मा ९ सय २५ जना बिदेशी पर्यटक मात्र मनास्लु क्षेत्रको भ्रमण गर्न पुगेका थिए । अघिल्ला बर्षको तुलनामा यसबर्ष अत्याधिक पर्यटक मनास्लु घुम्न पुगेको उहाँले बताउनुभयो ।
‘यसबर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ, प्रमुख शेरचनले भन्नुभयो, ‘साउन महिना यतादेखि असोज अन्तिमसम्म मात्र २ हजार ९०३ जना बिदेशी पर्यटक मनास्लु पुगेका छन् ।’’

साउन महिना ८० जना, भदौमा ३२ जना सार्क राष्ट्रका सहित ५ सय ४७ जना र असोजमा ६५ जना सार्क राष्ट्रका सहित २ हजार २७६ जना विदेशी पर्यटकहरुले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकहरुका लागि खुल्ला गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology