Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा


1.5K
Shares

श्रीमतीको हत्या आरोपी पूर्णबहादुर प्रहरी नियन्त्रणमा

काठमाडौ,२५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

निज तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जवेगुले बताउनुभयो ।
पाँचथर, हिलिहाङ गाउँपालिका– ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा भाडामा बस्ने वर्ष ५० वर्षका तामाङले सामान्य विवादपछि घरेलु हतियार बामफोक प्रहार गरी ४५ वर्षीया श्रीमती डम्बर कुमारीको हत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology