Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु


714
Shares

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

काठमाडौँ,१५ साउन । मोटरसाइकल दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताउनुभयो ।

कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए । गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताउनुभयो।

मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology