पाल्पा, ६ साउन । पाल्पामा माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु भएको छ । कालिगण्डकी नदीमा माछा मार्न गएका एक पुरूष जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
मृतक रम्भा गाउँपालिका(२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय कोपिल पाँडे मगर छन् ।
उनी घरदेखि १ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा शुक्रबार माछा मार्न गएका थिए । माछा मार्न प्रयोग हुने जालमा फसेर उनी पानीमा डुबेका थिए ।
पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उनको शव पोष्टमर्टमको लागि रामपुर अस्पतालमा पठाइएको छ ।