Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत


1.1K
Shares

बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत

काठमाडौं,५ साउन । बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । दाङको तुलसीपुरस्थित बसपार्कमा रोकिराखेको बसभित्र लगेर वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिकाका ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका– ७ का २० बर्षीय रेशम बिक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

घटना बिहीबार राति १२ तिरको हो। उपचारका लागि भन्दै प्युठानबाट दाङ पुगेकी ती वृद्धालाई उनीहरुले बलात्कार गरेका प्रहरीले जनाएको छ। घर जान भन्दै उनी राति बसपार्क पुगेकी थिइन् ।

त्यसपछि सहयोग गर्ने बहाना बनाउँदै उनीहरुले बसभित्र वृद्धालाई लगेर बलात्कार गरेको पाइएको डीएसपी मल्लले बताउनुभयो । बसपार्कमा रोकिराखेको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर उनीहरुले बलात्कार गरेको पाइएको छ।

आफूमाथि बलात्कार हुँदा वृद्धा चिच्याउन थालेपछि स्थानीयले थाहा पाएर उद्धार गरेका थिए । लगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेर २ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology