Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु


819
Shares

बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

काठमाडौं,१ साउन । कास्कीको रूपा गाउँपालिका–३, पोल्याङ फेदीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।
दुर्घटनामा लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारका २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २० वर्षीय दीपेन्द्र विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

पोखराबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ७६८६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ८४८३ नम्बरको मोटरसाइकल आज बिहान करिब पौने ८ बजे ठोक्किएका थिए ।

दुवै सवारीसाधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology