जनकपुरधाम, २४ असार । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कमला नगरपालिका २ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हो ।
आइतबार बिहान आफ्नै खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।