Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बस दुर्घटना, ३७ जना घाइते


4.9K
Shares

बस दुर्घटना, ३७ जना घाइते

हेटौँडा, १५ असार । हेटौँडा उपमहानगरपालिका– ११ नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना.६ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताउनुभयो। घाइतेहरूको पहिचान खुल्न बाँकीनै छ, एसपी गौतमका अनुसार बसका चलाक फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology