Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

करेन्ट लागेर एक जनाको मृत्यु


2.9K
Shares

करेन्ट लागेर एक जनाको मृत्यु

 

महेन्द्रनगर, १३ असार । करेन्ट लागेर घाइते हुनुभएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए।

प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology