Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

घरको ढलान भत्काउँदा पर्खालले किचेर ३ जना घाइते


2.1K
Shares

घरको ढलान भत्काउँदा पर्खालले किचेर ३ जना घाइते

विराटनगर, १२ असार । विराटनगर, १२ असार । घरको ढलान भत्काउने क्रममा अचानक ढलेको पर्खालले किचेर मंगलबार बिहान ३ जना घाइते भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा घरको ढलान भत्काउनका लागि परिचालन गरिएका मजदुरहरू पर्खालले किचेर घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्खालले किच्दा पथरीशनिश्चरे–१ का २४ वर्षीय अभिशेख झा, पथरीशनिश्चरे–२ का २५ वर्षीय अर्जुन मल्लिक र पथरीशनिश्चरे–३ का २८ वर्षीय उमेश श्रेष्ठ घाइते भएका छन् ।

घाइते ३ जनालाई नै उपचारका लागि विराटनगरको नोवेल शिक्षण अस्पताल विराटनगर ल्याइएको छ। घाइतेको अवस्था मध्यम रहेको जानकारी डीएसपी भण्डारीले दिनुभयो ।

उहाँका अनुसार केही व्यक्तिहरू मिलेर जग्गाको प्लटिङ गरेको र प्लटिङ गरेको ठाउँमा एउटा पुरानो घर रहेको पाइएको छ। जग्गा खाली गर्न घरको ढलान भत्काउने क्रममा मुनिको पर्खाल भत्किएर बिहान ८ः३० बजेतिर घटना भएको उनले बताए। प्रहरीले जग्गा प्लटिङ गर्नेहरूको पहिचान खुलाएको छैन ।

घर भत्काउने ठेक्का लिने ठेकेदार भरत भण्डारी हुन् । घाइतेको उपचार ठेकेदार भण्डारीले गराइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology