सर्लाही,११ असार । एक सुरक्षा गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका ७ मा अवस्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड स्थानीय ४५ वर्षीय किशोरीराय कुर्मीको हत्या भएको हो ।
आइतबार राति ड्युटीमा रहेको बेला अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ । शरीरका विभिन्न भाग काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
सोमबार बिहान कार्यालयका सचिव डिकाराम पोखरेल गाडी लिन कार्यालयमा पुग्दा क्षतविक्षत अवस्थामा कुर्मीको शव फेला परेको थियो । कुर्मीको शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।