काठमाडौं, ३२ जेठ । रुकुम पश्चिममा जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १४ थान भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको मुसीकोट नगरपालिका—८ किटेनीखोला जंगलमा ४ थान, झिमखोलामा २ थान र ओखरधारा जंगल ओडारमा ८ थान गरि कुल १४ थान वेवारिसे अवस्थामा लुकाइ—छिपाइ राखिएका भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका जनाएको छ ।
चोरी शिकारी गर्नेहरुले ती बन्दुकहरु जंगलमै लुकाइ छिपाइ राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।