Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बल्छी ध्रुबे सहित ८ जना पक्राउ


3K
Shares

बल्छी ध्रुबे सहित ८ जना पक्राउ

काठमाडौं, ३२ जेठ । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूको बारेमा औपचारिक जानकारी गराएको छैन । उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । नेपाल प्रेसले २ वर्षअघि नै अवैध वान एक्स बेटमा बल्छी ध्रबेलगायतको संलग्नता प्रमाणसहित खुलासा गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology