Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सर्पले डसेर एक बालकको मृत्यु


2.4K
Shares

सर्पले डसेर एक बालकको मृत्यु

सर्लाही,२९ जेठ । सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि।क। का छोरा चार वर्षीय सलिन वि.क.को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।

आइतबार राति सानिआमा कल्पना वि।क।सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका –१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिनुभयो । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उहाँले बताउनुभयो ।

बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ । केन्द्रमा दैनिक चार–पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका इन्चार्ज यादवले बताउनुभयो । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology