Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो


861
Shares

जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौँ,२६ जेठ ।  जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो ।

आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो।

विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ ।

दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology