दार्चुला, २ट जेठ । दार्चुलाबाट एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। लेकम गाउँपालिका– २ की ३३ वर्षीया पार्वती सार्कीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट महिलालाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिनुभयो ।
हिजो दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी महिलालाई उच्च रक्तश्रावको समस्या देखिपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो ।