Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

बाख्रा बचाउँदा जीप दुर्घटना, ९ यात्रु घाइते


1.4K
Shares

बाख्रा बचाउँदा जीप दुर्घटना, ९ यात्रु घाइते

डडेल्धुरा, २६ जेठ । डडेल्धुरामा जीप दुर्घटना भएको छ। चरिचरनका लागि जंगलमा लगिरहेका बाख्राका कारण जीप दुर्घटाना भएको हो। बाख्रा बचाउन खोज्दा जीप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका १ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो ।उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले जानकारी दिए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology