Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

१४ दिने शिशुको हत्‍या आरोपमा बुवा पक्राउ


1.6K
Shares

१४ दिने शिशुको हत्‍या आरोपमा बुवा पक्राउ

काठमाडौं, २४ जेठ । बारामा शिशुको हत्या गरी फरार रहेका आरोपित बुवा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले बारा देवताल गाउँपालिका(४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका(१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

उनले जेठ १४ गते बेलुका आफ्नै १४ दिनको छोराको हत्या गरेको आरोप छ । उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology