काठमाडौं, २३ जेठ । सिन्धुलीमा रुखको हाँगोले लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका(७ गढौली का ६९ वर्षीय मानबहादुर लामाको रुखबाट खसेको हाँगोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
हावाहुरीले ढालेको रुख अर्को रुखमा अड्किएको र उक्त रुख खसाउने क्रममा लामा घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएका लामालाई बिहान ८ः ५५ बजे चिकित्सकले मृत घोषण गरेका थिए ।