Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

जिप दुर्घटनामा आमा छोरासहित ५ जनाको मृत्यु


889
Shares

जिप दुर्घटनामा आमा छोरासहित ५ जनाको मृत्यु

बुटवल, २२ जेठ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मा आइतबार साँझ दिएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या थपिएको छ । सोमबार बिहान थप एक जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ५ पुगेको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखरा थोककी २५ वर्षीया सीता गौतम, पोखराथोककै दुई वर्षीय संयोग गौतम र पणेनाका ३७ वर्षीय विजय पोखरेल कृष्णप्रसाद रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो  ।  सीता र संयोग आमा छोरा रहेको खुलेको छ ।

दुई वर्षीय संयोग गौतम र विजय पोखरेल कृष्णप्रसादको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अन्य ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पाणिनीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको छ । घटनामा घाइते भएकाहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology