Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

सुनकोसी जिप दूर्घटना अपडेट : दुई सहसचिवसहित तीन जना बेपत्ता


784
Shares

सुनकोसी जिप दूर्घटना अपडेट : दुई सहसचिवसहित तीन जना बेपत्ता

सिन्धुली, १९ जेठ ।  मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा तीन जना बेपत्ता भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटि) को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको जिप सुनकोसीमा खसेको थियो ।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन् । भने सिटिइभीटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरी प्रमुख एसपी सिलवालले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology